PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

चितवनमा गैंडा मारेर फरार तस्करबारे सूचना दिनेलाई ५ लाख पुरस्कार



रासस

चितवनमा गैंडा मारेर फरार तस्करबारे सूचना दिनेलाई ५ लाख पुरस्कार
चैत २५ गते राति मारिएको गैँडा

चितवन : चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत जगतपुरको हरीयाली मध्यवर्ति सामुदायिक वनमा चैत्र २५ गते राति गैंडा मार्ने तस्करका बारेमा सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ।

निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार प्रयोग गरेको हतियार, खाग र संलग्न व्यक्तिका बारेमा सुराक दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो।

गत चैत २५ गते राति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैँडा सिकारीले मारेका थिए।

आउँदो वैशाख २० गते शून्य चोरी सिकारको तीन वर्ष पुग्दै थियो। २०७१ वैशाख १९ गते अहिले गैँडा मारिएको क्षेत्रबाट एक किलोमिटरको दुरीमा पर्ने ध्रुव घाटमा गैंडा मारिएको हो।

शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँडा मारिएपछि नयाँ रणनीतिका साथ अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ।

यो पनि : गैँडा मारिएपछि चितवन निकुञ्जमा सुरक्षा सतर्कता बढ्यो, थप ५ गाडीमार्फत गस्ती 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell