PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

कपिलवस्तुमा आगलागी, ५९ घरगोठ जलेर नष्ट



रासस

कपिलवस्तुमा आगलागी, ५९ घरगोठ जलेर नष्ट

चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको शिवराज नगरपालिका–१० शीतलपुरमा आज बिहान आगलागी हुँदा ५९ घरगोठ जलेर नष्ट भएका छन्।

स्थानीय मन्नन मियाको घरबाट लागेको आगोले बसर मियाँ, मन्सुर मियाँ, सत्यनारायण यादवलगातको घर जलेको प्रहरीले जनाएको छ।

आगलागीमा स्थानीय सीताराम लोनिया घाइते भएका छन् भने स्थानीयवासीका २५ बाख्रासमेत मरेका छन्।

आगलागी कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीयवासीको सहयोगमा दिउँसो ३ बजे नियन्त्रणमा लिइएको थियो।

यसैबीच आजै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालसहितको टोली आलागी भएको स्थान पुगी तत्कालका लागि प्रत्येक पीडित परिवारलाई रु १० हजारका दरले राहत दिने प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell