
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।
माछापुच्छ्रे गाउँपालिकाबाट पोखरातर्फ ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बा १७ च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए। प्रहरीले मृत मृगलाई जिल्ला वन कार्यालयमा बुझाएको छ। रासस