काठमाडौँ : गाडीको स्टेरिङ घुमाउँदा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की शुक्रबार खुसी देखिए। गोश्वारा हुलाक कार्यालयले घुम्ती हुलाक सेवाका लागि सञ्चालनमा ल्याएको तीन वटा भ्यानको उद्घाटन गर्न पुगेका मन्त्री कार्की स्टेरिङ समाउँदै ड्राइभिङ सिटमा बसे।
लगत्तै कार्कीले भने – 'कर्मचारीलाई हुलाकमा जागिर खान पाऊँ' भन्ने वातावरण बनाउन मन्त्रालय लागिरहेको छ।'
गोश्वारा हुलाक कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पुर्याउने मुख्य योजनाका साथ आजदेखि सेवाको सुरुवात गरेको हो। आजदेखि सुरु भएको सेवाअन्तर्गत तीनवटा बसले सेवा दिने कार्यालयले जनाएको छ।
रुट नं १ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई कर्मचारी सञ्चय कोष ठमेल, राहदानी विभाग, खानी विभाग, राजस्व विभाग, बाँसबारी इलाका हुलाक, बालुवाटार हुलाक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, पोष्टल प्लाजा डिल्लीबजार, अध्यागमन विभाग, लोकसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत हुँदै गोश्वारा हुलाकको क्षेत्रमा सेवा दिनेछ ।
रुट नं २ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई जिल्ला हुलाक कार्यालय ललितपुर, ललितपुर महानगरपालिका हरिहरभवन, स्टाफ कलेज जावलाखेल, पाटन औद्योगिक क्षेत्र, हरिहर भवन युनिट, त्रिपुरेश्वर क्षेत्रमा सेवा दिनेछ।
त्यस्तै रुट नं ३ बबरमहल, बानेश्वर, कोटेश्वर, ठिमी, जिल्ला हुलाक कार्यालय भक्तपुरमा सेवा दिनेछ। रासस