PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चार गुणा बढी पर्यटक इलाम भित्रिए



रासस

चार गुणा बढी पर्यटक इलाम भित्रिए
फाइल फोटो

इलाम : चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन्। इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३/७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन्। 

सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका थिए। 

जिल्ला भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको र बाँकी १० प्रतिशत मात्र बाह्य पर्यटक रहेको तथ्याङ्क रहेको छ। जिल्ला भित्रिएका मध्ये पनि ४० प्रतिशत पर्यटक इलामका श्रीअन्तु, कन्याम मात्र घुमेर जाने गरेको घिमिरेले जानकारी दिए। 

इलाम आउनेमध्ये ४० प्रतिशत पर्यटक भ्रमणका लागि र विभिन्न विषयवस्तु अवलोकन गर्न आउने गरेका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell