PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

चार श्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार 



रासस

चार श्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार 

काठमाडौंः यसवर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका अवसरमा बिहीबार उनीहरुलाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरिन्। 

विसं २००० मा ओखलढुङ्गामा जन्मिएका रायन (नारायण श्रेष्ठ) का ‘टुकी’ (कथा), ‘जितेन्द्र’ (कथा), ‘वेदना’ (गीति सङ्ग्रह) र ‘कहाली’ (गीति नाटक) लगायतका कृति प्रकाशित छन् । विसं २००५ मा काभ्रेमा जन्मिएका राधेश्याम प्रदानले विभिन्न विद्यालय, विश्वविद्यालय र क्लवमा नृत्य प्रशिक्षण दिदैं आएका छन्। 

त्यसैगरी, २००६ सालमा दाङमा जन्मिएकी गायिका चन्द्रकला शाहका ‘छ भने मायाँ छपकै लाइदेऊ’, ‘खर काटी खरौली’ र ‘मोहनी लगायौँ कि’ लगायतका दर्जनौं चर्चित गीत बजारमा उपलब्ध छन् ।

विसं २०११ मा धनकुटामा जन्मिएका नाटककार अशेष मल्लले ‘शकुनी पासाहरू’, ‘रक्तबीज’ र ‘अनादिक्रम’ लगायतका नाटक प्रकाशन गरेका छन्। 

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको गौरवलाई अझ माथि उठाउन साहित्य, सङ्गीत र कलालाई राष्ट्र प्रेमको भावनाले ओतप्रोत तुल्याउनु आवश्यक रहेको बताइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell