PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

इरानको कोइला खानी बिस्फोटमा फसेका मध्ये ३५ को मृत्यु



रासस

तेहरानः इरानको एक कोइला खानीमा बिष्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ।

इरानको दि फार्स, मेहर र तस्निम नामक तीनवटा अर्ध सरकारी समाचार समितिहरुद्वारा प्रकाशित अलग–अलग समाचारमा कम्तीमा ३५ कामदारको मृत्यु भएको पुष्टि गरिएको छ। 

इरानको उत्तरी प्रान्त गोलेस्तानमा अवस्थित जामेस्तान्युर्त कोइला खानीमा भएको ग्यास बिस्फोटनका कारण उनीहरुको मृत्यु भएको हो। बिस्फोटनको यकिन कारण बाहिर ल्याइएको छैन। 

पेट्रोलियम इन्धन धनी राष्ट्र इरानमा बिगतमा यस्तै प्रकारका खानी बिस्फोटका घटनाले आहत बनाउने गरेको छ। 

इरानले देशमा इन्धन तथा उर्जा आपूर्तिमा अवरोध आउन नपाओस भन्ने उद्देश्यले कोइला उत्पादन वा खानी उत्खननलाई पुनः प्राथमिकता दिई पुराना खानीहरु नवीकरण र सन्चालन गर्न राष्ट्रिय लगानी बढाउँदै लगेको छ। 

खानी उत्खनन् वा कोइला उत्पादन कार्य ठेक्का करारमा गर्नका लागि हाल चेक गणतन्त्रले हात हाल्न लागेको पनि बताइएको छ। रासस /एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell