PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बन्दुकधारीद्वारा सोमालियाका पुनर्निर्माण मन्त्रीको हत्या



रासस

बन्दुकधारीद्वारा सोमालियाका पुनर्निर्माण मन्त्रीको हत्या

मोगादिसुः सोमालियाका एक जना मन्त्रीको हत्या भएको छ ।
सोमालियाका सार्वजनिक कार्य र पुनर्निर्माणमन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको हत्या भएको हो।

सोमालियाको राष्ट्रपति कार्यालय नजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चारमन्त्री अब्दुराहमन ओमर ओस्मनले पुष्टी गरेका छन्।  

मन्त्री सिराजीको हत्याको कारणका बारेमा अनुसन्धान गर्न सरकारले छुट्टै टोली खटाएको छ। 

सोमालियाका एक जना बरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान गर्न चार जना सुरक्षाकर्मीलाई निलम्बन गरि नियन्त्रणमा लिइएको जानकारी दिए। 

सिराजी सोमालियाको सङ्घीय सदनका सबैभन्दा कान्छा सदस्य थिए भने गत मार्चमा मन्त्री परिषद्को सदस्य भई सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री बनेका थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell