PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

गगन भन्छन्– ‘निर्वाचन नराम्रो गर्नेलाई दण्डित गर्ने महान् अवसर’



रासस

गगन भन्छन्– ‘निर्वाचन नराम्रो गर्नेलाई दण्डित गर्ने महान् अवसर’

पोखराः स्वास्थ्यमन्त्री गगन थापाले निर्वाचनमा राम्रो काम गर्नेलाई मत दिएर नेपाली जनताले पुरस्कृत गर्ने बताएका छन्।

नेपाली कांग्रेस कास्कीद्वारा पोखराको चिप्लेढुङ्गास्थित बिपी चोकमा बुधबार आयोजित कोणसभालाई सम्बोधन गर्दै थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान् अवसर भएको बताए। 

उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी कांग्रेसले आफ्नो दायित्व पूरा गर्ने बताए। 

पार्टीको निर्वाचन परिचालन समितिका संयोजक डा. शेखर कोइरालाले कांग्रेसले स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासन, जवाफदेहिता र पारदर्शी बनाउन चाहेको बताए। 
उनले कांग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधैं खबरदारी गर्ने दृढता व्यक्त गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell