PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

अफगानिस्तानमा बम विस्फोटमा परी एकै परिवारका सात जनाको मृत्यु



रासस

अफगानिस्तानमा बम विस्फोटमा परी एकै परिवारका सात जनाको मृत्यु

अफगानिस्तानः अफगानिस्तानको हेरात प्रान्तमा  सडक किनारमा राखिएको बम विस्फोटमा परी एकै परिवारका सात जनाको मृत्यु भएको छ। 

विष्फोटमा परी तीन महिला र दुई बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। 

हेरात प्रान्तको आद्रास्कान जिल्लामा गुडिरहेको सवारी साधन विस्फोटक पदार्थमा ठोक्किंदा त्यसमा सवार सबै मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले जानकारी दिएका छन्। 

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरमा भएको घटनाको तालिवान आतङ्ककारी समूहको हात रहेको वालिजादाले दावी गरेका छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell