PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

गुण्डागर्दी नियन्त्रणका लागि प्रहरी आक्रामक, चितवनमा ८७ जना गुण्डामाथि प्रहरी निगरानी



रासस

गुण्डागर्दी नियन्त्रणका लागि प्रहरी आक्रामक,  चितवनमा ८७ जना गुण्डामाथि प्रहरी निगरानी

चितवनः निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै चितवनमा प्रहरीले गुण्डागर्दी गर्नेको वर्गीकरण गरी आजदेखि निगरानी बढाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको हो। प्रहरीले टोले, फ्याउरे, संरक्षित, व्यावसायिक र आपराधिक गरी उनीहरुलाई वर्गीकरण गरेर निगरानी बढाएको थापाले बताए। 

निगरानी बढाएकामध्ये एक जनालाई भने पक्राउ गरिसकेको जनाएको छ। उनीहरुमाथि आज र भोलि कडाइका साथ निगरानी गरिने भन्दै थापाले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न विगतमा गुण्डागर्दी गर्नेको अहिलेको क्रियाकलाप बुझ्ने काम भइरहेको बताए।

व्यावसायिक र आपराधिक गुण्डागर्दी गर्ने निर्वाचनको मौन अवधिमा परिचालन हुनसक्ने भन्दै प्रहरी चनाखो बनेको हो। 

प्रहरीले निर्वाचन विरोधी गतिविधि बढाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २३ जना कार्यकर्तालाई यसअघि नै नियन्त्रणमा लिइसकेको। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell