PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

दोलखा घटनाका दोषीलाई तत्काल गिरफ्तार गर्न एमालेको माग



रासस

दोलखा घटनाका दोषीलाई तत्काल गिरफ्तार गर्न एमालेको माग

काठमाडौंः नेकपा एमालेले दोलखामा आफ्ना कार्यकर्ताको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ ।

एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गरी घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका हुन्।

चुनावी प्रचारप्रसारका क्रममा मंगलबार राति दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र एमाले कार्यकर्ताबीच भएको झडपमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो।

पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी कोन्द्रका कार्यकर्ताको आक्रमणका कारण तामाङको मृत्यु भएको आरोप लगाउँदै एमालेले घटनाको निन्दा गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell