म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन्। माओवादीका उम्मेदवार ओमबहादुर फगामी २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन्। महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धिबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएका हुन्।रासस
जम्मुः भारत–पाकिस्तान सीमा क्षेत्रस्थित भारतीय भूमितर्फ पाकिस्तानी सेनाले चलाएको गोली लागी दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले बताएको छ । गोली लागेर अन्य तीन सर्वसाधारण घाइते भएका छन् । जम्मु कास्मिरको रजौरी जिल्लामा भएको आक्रमणपछि भारतद्वारा जवाफी आक्रमण सुरु भएपछि पाकिस्तानी सेना पछि हटेको रक्षामन्त्री मनिस मेहताले बताए। मेहताका अनुसार पाकिस्तानी सेनाले सानो तथा स्वचालित हतियारद्वारा ८२ मिलिमिटर र १२०…
चीनः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘वन बेल्ट वन रोड’ (ओबिओआर) फोरमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकार्यका लागि चीन खुला विश्व र बहुपक्षीय सम्बन्धको आधार सिर्जना गर्ने मजबुत खम्बा बनेको बताएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँग बेइजिङमा ओबिओआर सम्मेलनको पूर्वसन्ध्यामा भेट गर्दै महासचिव गुटेर्रेसले सम्मेलनले चीनको विलक्षण दूरदर्शी र रणनीतिक दृष्टिकोणको पुष्टि गरेको बताए। उनले चीनको यो पहलकदमीले अर्थतन्त्रको विश्वव्यापीकरणमा…
चितवनः नेकपा माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ। केन्द्रले निर्वाचन बहिष्कार गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्ना उम्मेदवारको अपहरण गरेको दाबी गरेको छ। माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको पुष्टि भएको बताए। ७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी…
नुवाकोटः नुवाकोटको ककनी गाउँपालिका–८ की ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी छन्। उनले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्। उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए। यस्तै, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ की १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रमा मतदान सुरु गरेकी थिइन्। यता, सूर्यगढी गाउँपालिका–३ का १०१…
सोलः उत्तर कोरियाले आइतबार बिहान फेरि अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तर कोरियाली भूमिबाट परीक्षण प्रहार गरिएको क्षेप्यास्त्र जापानी समुद्रमा अवतरण भएको दक्षिण कोरियाली, जापानी तथा अमेरिकी सैनिक श्रोतले जानकारी दिएको छ। चार दिन अघिमात्र नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनलाई प्रत्यक्ष चुनौती दिने मनसायले उत्तर कोरियाले उक्त परीक्षण प्रहार गरेको अड्कल गरिएको छ। परीक्षण प्रहारको…
हेटौंडाः मकवानपुरका आठ गाउँपालिका तथा थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा मध्यान्ह १२ः३० बजेसम्म करिब ४४ प्रतिशत मतदाताले आफ्नो मतदान गरिसकेका छन् । जिल्लाका कुल दुई सय ९५ मतदान केन्दमा आज बिहानदेखि मध्याह्नसम्म्म निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा भइरहेको प्रजिअ दुर्गाप्रसाद शर्माले जानकारी दिए। जिल्लामा दुई लाख २७ हजार छ ५९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आठ गाउँपालिका…
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका– ३ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन्। त्यसैगरी, नेमकिपाबाट भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिका– ८ ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रबाट मतदान गरेका छन्। यता मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले बिहान ८ बजे लोकन्थली स्वास्थ्यचौकी मतदान केन्द्रबाट र नेकपा एमालेबाट…
गोरखाः तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा ९८.९९ प्रतिशत मत खसेको छ। चुमनुब्री गाउँपालिका वडा नं १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन्। एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो। स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो। त्यस्तै, चुमनुब्री गाउँपालिकाको…
काठमाडौंः भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा केही समय मतदान प्रभावित भएको छ । छिटफुट वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको हो । शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदान केन्द्रमा वर्षाले मतदान केही प्रभावित भएको र पानी रोकिनेबित्तिकै…
तेहरानः तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार भूकम्प गएको छ। ५.७ म्याग्निच्युड मापन गरिएको भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ। भूकम्पमा परी अन्य सयौं व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ। इरानको उत्तरी प्रान्त खोओरासनको बोज्नुर्द सहरमा ग्रिनविज समयानुसार शनिबार साँझ ६ बजे गएको भूकम्पमा परी दुई महिलाको मृत्यु भएको इजना समाचार समितिले जानकारी दिएको…
नयाँदिल्लीः भारतमा उच्च मध्यमा परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै तीन दिनको अवधिमा १२ विद्यार्थीले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्। मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परीक्षामा सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्ने मध्ये तीन जना एकै…
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निलम्वित प्रमुख जेम्स कोमीलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन चेतावनी दिएका छन्। शुक्रबार बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यम समक्ष नलान भनेका छन्। ट्रम्पले निलम्वनमा परेका एफबीआई प्रमुख कोमीलाई पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन आग्रह…
दमौलीः तनहुँको रिसिङ र बेलभन्ज्याङमा गएराति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ। रिसिङ –६ चालिसेमा अपरिचित समूहले बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ। आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नम्बरको बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ…
हेटौंडाः मकवानपुरको मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई निर्वाचन बहिष्कार गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्। प्रहरीले बिना कारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै उप्रेतिलाई आफूहले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ । उप्रेतिको खोजीका लागि अहिले हेटौंडाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ल प्रहरी कार्यालयले जनाएको छ । घटनाको जिम्मा लिंदै नेकपाले…
काठमाडौंः नेकपा एमाले, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ। मुटुमा समस्या देखिएपछि शुक्रबार उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आकस्मिक शल्यक्रिया गरिएको थियो। डा रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सक समूहले सांसद बडालको स्वास्थ्य परीक्षण गरेको छ। पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेता बडाल अहिले सामान्य खानपिन…
वासिङटनः विश्वभरीका ९९ वटा देशका सयौं सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएका छन् । अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन्। साइबर आक्रमणका कारण लाखौं कम्युटरले काम गर्न छाडेका छन्। उनीहरुले कम्युटरलाई पुनःकाम गर्ने बनाउन तीन सय डलर माग गरेका जनाइएको छ। आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर…
कोलम्बोः राष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुगेकी छन्। राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका न्याय तथा बुद्धशासनमन्त्री डा विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा हर्ष डेसिल्भा तथा श्रीलङ्काका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गरेका छन्। त्यसअघि विमानबाट ओर्लिएलगत्तै पञ्चकन्याबाट फूलको गुच्छा प्रदान गरी राष्ट्रपति भण्डारीलाई स्वागत गरिएको थियो । विमानस्थलमा श्रीलङ्काका लागि नेपाली…
मुगुः निर्वाचन बहिष्कार गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुगुमा आज बिहान निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन्। रारा छायानाथ नगरपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट पार्टीका कार्यकर्ताले मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नष्ट गरेका हुन्। सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको सङ्ख्यामा आएका पार्टीका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिई सबै निर्वाचन सामग्री लुटेका हुन्। घटनापछि नेपाली…
काठमाडौंः सरकारले औषधि खरिद बिक्री आफैंले गर्ने भएको छ । सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधै खरिद गरी सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी गरेको हो। स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा सरकारले आफैंले औषधि खरिद गरी बिक्री गर्दा ५० प्रतिशतसम्म सस्तो पर्ने उल्लेख छ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुझाव समितिले आत्मनिर्भर हुनसकिने औषधिमा…