PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बिजुक्छेद्वारा भक्तपुरको विद्यार्थी निकेतन केन्द्रबाट मतदान



रासस

बिजुक्छेद्वारा भक्तपुरको विद्यार्थी निकेतन केन्द्रबाट मतदान

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका– ३ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन्। 

त्यसैगरी, नेमकिपाबाट भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिका– ८ ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रबाट मतदान गरेका छन्। 

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले बिहान ८ बजे लोकन्थली स्वास्थ्यचौकी मतदान केन्द्रबाट र नेकपा एमालेबाट प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले थिमि बालकुमारी केन्द्रबाट मतदान गरेका छन् । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell