PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

 पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु



रासस

 पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु
फोटो श्रोतःsfgate.com

जम्मुः भारत–पाकिस्तान सीमा क्षेत्रस्थित भारतीय भूमितर्फ पाकिस्तानी सेनाले चलाएको गोली लागी दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले बताएको छ । 
गोली लागेर अन्य तीन सर्वसाधारण घाइते भएका छन् ।
जम्मु कास्मिरको रजौरी जिल्लामा भएको आक्रमणपछि भारतद्वारा जवाफी आक्रमण सुरु भएपछि पाकिस्तानी सेना पछि हटेको रक्षामन्त्री मनिस मेहताले बताए। 
मेहताका अनुसार पाकिस्तानी सेनाले सानो तथा स्वचालित हतियारद्वारा ८२ मिलिमिटर र १२० मिलिमिटरका मोटारले आक्रमण गरेका थिए । 

घटनापछि करिब एक सय जनालाई सुरक्षित स्थानमा सारिएको छ रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell