PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

अज्ञात समूहद्वारा तनहुँमा बस र ट्रकमा आगजनी



रासस

अज्ञात समूहद्वारा तनहुँमा बस र ट्रकमा आगजनी

दमौलीः तनहुँको रिसिङ र बेलभन्ज्याङमा गएराति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ। 

रिसिङ –६ चालिसेमा अपरिचित समूहले बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ। आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नम्बरको बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। 

एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो। 

त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नम्बरको ट्रकमा आगजनी गरेको छ। चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केका प्रहरीले जनाएको छ।

शनिबार बिहान ५.१५ बजेतिर सो समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई उनीहरुले भाटालेसमेत हानेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell