PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

गोरखाका दुई मतदान केन्द्रमा मतदान सम्पन्न, ९८.५९ प्रतिशत मतदान



रासस

गोरखाका दुई मतदान केन्द्रमा मतदान सम्पन्न, ९८.५९ प्रतिशत मतदान

गोरखाः तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा ९८.९९ प्रतिशत मत खसेको छ। 
चुमनुब्री गाउँपालिका वडा नं १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन्। एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो। 

स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो। त्यस्तै, चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ। यहाँ ७३ जना मतदाता थिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell