PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

राष्ट्रपति भण्डारी कोलम्बोमा



रासस

राष्ट्रपति भण्डारी कोलम्बोमा

कोलम्बोः राष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्यान्ड हुँदै श्रीलङ्काको राजधानी कोलम्बो आइपुगेकी छन्। 

राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका न्याय तथा बुद्धशासनमन्त्री डा विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा हर्ष डेसिल्भा तथा श्रीलङ्काका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गरेका छन्। 

त्यसअघि विमानबाट ओर्लिएलगत्तै पञ्चकन्याबाट फूलको गुच्छा प्रदान गरी राष्ट्रपति भण्डारीलाई स्वागत गरिएको थियो । विमानस्थलमा श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलले पनि भण्डारीलाई स्वागत गरे। 

श्रीलङ्काकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी यहाँ आएकी हुन्। 

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्। वैशाख २९ गते कोलम्बोमा सुरु भएको सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ। 
सन् २००० देखि राष्ट्रसङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell