PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण 



रासस

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण 

सोलः उत्तर कोरियाले आइतबार बिहान फेरि अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तर कोरियाली भूमिबाट परीक्षण प्रहार गरिएको क्षेप्यास्त्र जापानी समुद्रमा अवतरण भएको दक्षिण कोरियाली, जापानी तथा अमेरिकी सैनिक श्रोतले जानकारी दिएको छ। 
चार दिन अघिमात्र नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनलाई प्रत्यक्ष चुनौती दिने मनसायले उत्तर कोरियाले उक्त परीक्षण प्रहार गरेको अड्कल गरिएको छ। 

परीक्षण प्रहारको तत्कालै प्रशान्त महासागरका बिभिन्न नौसैनिक शिबिरमा खटिई कार्यरत अमेरिकी, जापानी तथा युरोपेली सैनिक अधिकारीहरुले तत्काल बैठक गरी उत्तर कोरियाले छेड्न सक्ने सम्भाब्य युद्धको खतरा र त्यसलाई संयुक्त रुपले कसरी प्रतिकार गर्ने भन्ने बिषयमा छलफल गरेका छन् । 

उत्तर कोरियाले के, कस्तो शक्ति र क्षमताको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो सो तत्कालै प्रष्ट भैनसकेको जनाइएको छ। यद्दपी  उक्त क्षेप्यास्त्रले आकाशमा लिएको उचाइ, गति, तेज र अन्य प्राबिधिक गतिबिधि बिचार गर्दा अतिलामो दूरीसम्म मार हान्नसक्ने अन्तरमहादेशीय प्रकृतिको (इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल) भने नभएको एकजना प्रशान्त महासागरीय अमेरिकी नौसैनिक अधिकारीले अनुमान गरेका छन्। 

यता, उक्त क्षेप्यास्त्र उत्तर कोरियाको उत्तरी प्योङ्याङ्ग प्रान्तको पश्चिम सामुन्द्रिक तटस्थित कुसोङ्ग परीक्षणस्थलबाट आकाशमाथि करिब दुई हजार किलोमिटरको उचाईसम्म पुगी लगभग आधा घण्टा उडेर आठसय किलोमिटरको दूरी पार गरी जापानी समुद्रमा खसेको तथ्य जापानको रक्षा मन्त्रालयको श्रोत उल्लेख गर्दै जापानी मन्त्रीमण्डलका मुख्य सचिब योशिहिदे सुगाले जानकारी दिएका छन्। रासस /एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell