PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

चितवनमा माओवादी केन्द्रका उम्मेदवारको अपहरण



रासस

चितवनमा माओवादी केन्द्रका उम्मेदवारको अपहरण

चितवनः नेकपा माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ। केन्द्रले निर्वाचन बहिष्कार गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्ना उम्मेदवारको अपहरण गरेको दाबी गरेको छ। 

माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको पुष्टि भएको बताए। ७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले बताए। प्रहरीले भने अपहरण गरे/नगरेको पुष्टि भइनसकेको जनाएको छ। 

यता गएराति माओवादी केन्द्रकाविरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा एमालेका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell