
वासिङटनः विश्वभरीका ९९ वटा देशका सयौं सङ्घसंस्थामाथि श्रृखङ्लावद्ध साइबर आक्रमण भएका छन् ।
अमेरिका, बेलायत, चीन, रुस, स्पेन, इटलीलगायतका ९९ वटा देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन्।
साइबर आक्रमणका कारण लाखौं कम्युटरले काम गर्न छाडेका छन्। उनीहरुले कम्युटरलाई पुनःकाम गर्ने बनाउन तीन सय डलर माग गरेका जनाइएको छ।
आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
माइक्रोसफ्ट सिस्टमसमा रहेको कमजोरीको फाइदा ह्याकरहरुले उठाएको विज्ञले बताएका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतङ्ककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो। रासस/एएफपी