PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मकवानपुरमा माओवादी केन्द्रका उम्मेदवारको अपहरण



रासस

मकवानपुरमा माओवादी केन्द्रका उम्मेदवारको अपहरण

हेटौंडाः मकवानपुरको मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई निर्वाचन बहिष्कार गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्। 

प्रहरीले बिना कारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै उप्रेतिलाई आफूहले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।

उप्रेतिको खोजीका लागि अहिले हेटौंडाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली  घटनास्थलतर्फ पठाइएको जिल्ल प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जिम्मा लिंदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यावसाय गरिबसेका आफ्ना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell