PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बडालको स्वास्थ्य सामान्य बन्दै



रासस

बडालको स्वास्थ्य सामान्य बन्दै

काठमाडौंः नेकपा एमाले, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ। 

मुटुमा समस्या देखिएपछि शुक्रबार उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आकस्मिक शल्यक्रिया गरिएको थियो। 

डा रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सक समूहले सांसद बडालको स्वास्थ्य परीक्षण गरेको छ। पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेता बडाल अहिले सामान्य खानपिन तथा कुराकानी गर्न सक्छन्। 

उनको अवस्थामा यही क्रममा सुधार आएमा पाँच दिनपछि अस्पतालमुक्त गर्न सकिने बताइएको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell