PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मुगुमा निर्वाचन सामग्री लुटियो



रासस

मुगुमा निर्वाचन सामग्री लुटियो

मुगुः निर्वाचन बहिष्कार गरेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुगुमा आज बिहान निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन्। 

रारा छायानाथ नगरपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट पार्टीका कार्यकर्ताले मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नष्ट गरेका हुन्। 

सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको सङ्ख्यामा आएका पार्टीका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिई सबै निर्वाचन सामग्री लुटेका हुन्। घटनापछि नेपाली सेना आवश्यक निर्वाचन सामग्री तथा थप सुरक्षाकर्मी उक्त मतदान केन्द्रमा पठाइसकिएको र आइतबार निर्धारित समयमा नै मतदान प्रक्रिया सुरु हुने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell