PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

नुवाकोटमा एक सय १५ वर्षीया बृद्धाद्वारा मतदान



रासस

नुवाकोटमा एक सय १५ वर्षीया बृद्धाद्वारा मतदान

नुवाकोटः नुवाकोटको ककनी गाउँपालिका–८ की ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी छन्। 

उनले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्। उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकी मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए। 

यस्तै, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ की १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रमा मतदान सुरु गरेकी थिइन्।

यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गरेका छन्। मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरेका हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell