हेटौंडाः मकवानपुरका आठ गाउँपालिका तथा थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा मध्यान्ह १२ः३० बजेसम्म करिब ४४ प्रतिशत मतदाताले आफ्नो मतदान गरिसकेका छन् ।
जिल्लाका कुल दुई सय ९५ मतदान केन्दमा आज बिहानदेखि मध्याह्नसम्म्म निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा भइरहेको प्रजिअ दुर्गाप्रसाद शर्माले जानकारी दिए।
जिल्लामा दुई लाख २७ हजार छ ५९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आठ गाउँपालिका क्षेत्रमा एक लाख १६ हजार चार सय ९५, थाहामा २७ हजार छ सय ६७ र हेटौँडामा ८३ हजार पाँच सय ९७ मतदाता छन्। जिल्लामा कुल ९३ मतदान केन्द्र छन्। रासस