चरिकोटः दोलखाको जिरी नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएको छ । वडा नं १ को वडा अध्यक्षमा लाक्पा शेर्पा, खुला सदस्यहरुमा भक्तबहादुर खड्का, सन फिन्जु शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लीलामाया विक विजयी भएका छन्। त्यसैगरी, जिरी नगरपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका ङिमापाल्दे शेर्पा, खुला सदस्यमा आङङिमा शेर्पा र पूर्णबहादुर खत्री, महिला…
जुम्लाः जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवलसिंह रावल विजयी भएका छन्। अध्यक्ष रावल एक हजार ४३० मत ल्याएर विजयी भएका हुन्। एनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी भएका छन्। रासस
काठमाडौंः गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिइन्। नेकपा माओवादी…
काठमाडौंः काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार अग्रस्थानमा देखिएका छन्। काठमाडौं महानगरपालिका वडा नं १ को १३० मतगणना मध्येमा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेका छन्। साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५, नेपाली कांग्रेसका राजुराज जोशीले २३ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले दुई मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी…
जुम्लाः जुम्लाको गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन्। प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने भण्डारी पहिलो अध्यक्ष हुन्। भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले…
म्याग्दीः म्याग्दीको मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली कांग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वुद्धिबहादुर पुनले २६४ र नेकपा माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन् । सो गाउँपालिकाको वडा सदस्यमासमेत कांग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका छन्। रासस
म्याग्दीः बेनी नगरपालिकाको मतगणना सुरु भएको छ। बेनी नगरपालिका –१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो। अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र कांग्रेस–माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नगरपालिका १ रत्नेचौरका दुवै केन्द्रको एकैठाउँमा राखेर गणना सुरु गरिएको छ। वडाको सम्पूर्ण गणना सम्पन्न…
लन्डनः युरोपोलका कार्यकारी निर्देशक रब बेनराइटले विश्वका करिब १५० भन्दा बढी राष्ट्रमा भएको साइबर आक्रमणबाट विश्वभरका करिब दुई लाख कम्प्युटर ग्राहक पीडित बनेको बताएका छन्। युरोपियन युनियनको सुरक्षा निकाय युरोपोलका अनुसार माइक्रोसफ्टको सिस्टममा रहेको कमजोरीको फाइदा उठाई ‘ह्याकर’ले विश्वभरका कम्प्युटरमा आक्रमण गरेको र यसलाई पुनः सञ्चालन गर्न तीन सय अमेरिकी डलर माग गरेका छन्। अमेरिकी सुरक्षा नियकाले आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न…
पेरिसः फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा हालै निर्वाचित भएका इमानुएल म्याक्रोँले आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन्। मध्यमार्गी नेता म्याक्रोँले गत आइतबार भएको निर्वाचनमा दक्षिणपन्थी नेता मरिन ले पेनलाई दोस्रो चरणको निर्वाचनमा पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका थिए। निर्वाचन परिणाम आएको एक हप्तापछि म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका हुन्। फ्रान्सको एलिसी प्यालेसमा पूर्व राष्ट्रपति अलान्दले नवनिर्वाचित राष्ट्रपतिलाई…
ललितपुरः ललितपुरको महाँकाल गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको हो। त्यसैगरी, गोदावरी नगरपालिका–१ को वडा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिएका छन्। रासस
सुर्खेतः सुर्खेतको भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्की २७६ मत प्राप्त गरी विजयी भएका हुन् । वडा सदस्यमा माओवादीकै रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन्। वडाध्यक्ष पदका प्रत्यासी नेपाली कांग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले…
सुर्खेतः सुर्खेतको लेकबेसी नगरपालिका–१ मा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल विजयी भएको छ। मतपरिणामानुसार एमालेका मानबहादुर पुन सात सय ९८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन्। पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा माओवादी केन्द्रका धनबहादुर ठाडाले दुई ३३ मत प्राप्त गरेका छन्। त्यस्तै, सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल…
सिन्धुलीः सिन्धुलीको गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मीनबहादुर सुनुवार विजयी भएका छन्। सुनुवारले पाँच सय २८ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ठाकुरप्रसाद घिमिरेले ४ सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गरेका छन्। रासस
काठमाडौंः काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका सन्तोष चालिसेले ५७, नेकपा एमालेका पुण्यप्रसाद चौलागार्इंले ४९, नेकपा माओवादी केन्द्रका टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाएका नगर निर्वाचन अधिकृत विमला शर्मा…
जाजरकोटः स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शशिराम गौतम विजयी भएका छन् । सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।रासस
धुलिखेलः काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नम्बर वडा भीमखोरीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएको छ। माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान ३ सय ४५ मत प्राप्त गरी विजयी भएका हुन्। एनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा एमालेका लीलाराम मोक्तानले १ सय चार मत प्राप्त गरेका छन्। रासस
म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा एमालेका दिलीप गर्बुजा ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकै बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका छन्। रासस
ललितपुरः ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी भएका छन्। तामाङ ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका छन्। सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन्। रासस
डोल्पाः डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अङ्गत राना ९२० मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी भएका छन्। त्यस्तै, ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भएका छन् । ठूलीभेरी नगरपालिका– २ मा नेकपा एमालेका देवी रोकाया वडाध्यक्षमा…
मेलम्चीः मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरेका छन्। सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ।रासस