PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

जुम्लाको गोठीचौर गाउँपालिकामा माओवादी उम्मेदवार विजयी



रासस

जुम्लाको गोठीचौर गाउँपालिकामा माओवादी उम्मेदवार विजयी

जुम्लाः जुम्लाको गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन्। 

प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने भण्डारी पहिलो अध्यक्ष हुन्। भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएका छन् ।
उनका  निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी भएकी छन् । उपाध्यक्षमा उनका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याएकी छन् ।

गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा एमालेका गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजयी भएका छन् । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपाली जित विजयी भएका छन् । रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell