काठमाडौंः काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार अग्रस्थानमा देखिएका छन्।
काठमाडौं महानगरपालिका वडा नं १ को १३० मतगणना मध्येमा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेका छन्।
साझा पार्टीकातर्फबाट किशोर थापाले २६, विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले २५, नेपाली कांग्रेसका राजुराज जोशीले २३ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले दुई मत प्राप्त गरेका छन्।
त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ २३ र माओवादी केन्द्रका सुशीला पौडेलले दुई मत ल्याएका छन्। कूल १३० मतगणना भएकोमा १३ मत बदर भएको छ।
वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो। रासस