जुम्लाः जुम्लाको तातोपानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नवराज न्यौपाने र उपाध्यक्षमा गङ्गादेवी उपाध्याय विजयी भएका हुन्। न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरे । उपाध्याय एक हजार ९६२ मत ल्याई उपाध्यक्षमा विजयी भएकी हुन्। कनकासुन्दरी र पातारसीमा कांग्रेस…
नगरकोटः भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित विजय हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत ल्याएका छन् भने एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गरेका छन् । महिला सदस्य सुनिता प्रजापति, सदस्यमा कृष्णगोपाल चगुठी र राजकुमार शिल्पकार विजयी…
नवलपरासीः नवलपरासीको बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई कांग्रेसका शशीकरण बस्ताकोटी विजयी भएका छन् । एनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी मैना विक चार हजार ६५३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गरिन् । यसअघि…
मेलम्चीः मेलम्ची नगरपालिका– १० मा नेपाली कांग्रेस विजयी भएको छ । वडाको अध्यक्षमा कांग्रेसका भक्तबहादुर खड्का ६५९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका टेकबहादुर तामाङले ५४५ मत प्राप्त गरेका छन् । सो वडामा कांग्रेसका तीन र राप्रपाका एक जना वडा सदस्यमा विजयी भएका छन् ।रासस
म्याग्दीः म्याग्दीको बेनी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठ पाँच हजार ६७९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरी राप्रपाकी सञ्जु बरुवाल विजयी भएकी छन् । १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो ।…
सिन्धुलीः सिन्धुलीको फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम कार्की तीन हजार १२६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार तीन हजार २१४ मत प्राप्त गरी विजयी भइन्। त्यस्तै, फिकल गाउँपालिकाका ६ वटा वडामध्ये दुईवटा वडाध्यक्षमा नेपाली कांग्रेस र चारवटा वडाध्यक्षमा एमाले विजयी भएको छ…
बागलुङः बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित सबै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार ३५० मतसहित अध्यक्षमा विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि तीन हजार ३१५ मत ल्याएर माओवादीकै दीलकुमारी रोका विजयी भएकी छन् । ताराखोला गाउँपालिकाका पाँच वटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । वडा…
काभ्रेः काभ्रेको पनौती नगरपालिका– ४ र ५ मा नेकपा एमाले विजयी भएको छ । नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी भएका छन् । त्यस्तै वडा नम्बर ५ को वडाध्यक्षमा एमालेकै श्रीधर पाध्य कुँइकेल ७९५ मत ल्याई विजयी भएका छन्। त्यस्तै, पनौती– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुधीर सापकोटा ४६७ मत ल्याई विजयी भएका छन् ।…
रसुवाः रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी भएका छन् । तामाङ ९६४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त…
नवलपरासीः नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी भएका छन्। उपप्रमुखमा भने नेकपा एमालेकी पार्वती तिवारी ३५९ मत अन्तरले विजयी भएकी छन्। आठ हजार ५७९ मतसहित प्रमुख पदमा कांग्रेसका श्रेष्ठ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गरेका छन्। नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा…
नगरकोटः भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसका कमलराज आचार्य एक हजार ३८५ मत प्राप्त गरी विजयी भएका हुन् । रासस
काठमाडौंः कीर्तिपुर नगरपालिकाको वडा नं ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल श्रेष्ठले ६९९ मत प्राप्त गरेका छन् । त्यसैगरी, विजयी सदस्यमा मिलन महर्जन, ज्ञानप्रसाद महर्जन, नन्ददेवी महर्जन र रुकु विश्वकर्मा छन्। पछिल्लो मत परिणामअनुसार नगरपालिका प्रमुख पदका उम्मेदवार एमालेका…
काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको ५०० र एक हजार दरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कमला भण्डारी, दिलीपकुमार लाल, मेघबहादुर थापा, सानुराजा…
सिरियाः अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरेको आक्रमणमा करिब ४० सिरियाली सर्वसाधारणको मृत्यु भएको छ। इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको सरकारी शाम एफएम रेडियोले बताएको छ। गत मङ्गलबार उत्तरी प्रान्त रक्कामा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो भने नौ…
बेइजिङः विश्वका प्रबुद्ध व्यक्तिहरुको सम्मेलन (फिफ्थ थिङ्क टाङ्क समिट) सोमबार बेइजिङमा सुरु भएको छ। छलफलका लागि चीन र विश्वका अन्य मुलुकका गरी १०० भन्दा बढी विज्ञहरुको सहभागिता रहने सम्मेलनमा दिगो विकासका लागि विश्वको भूमिकाबारे छलफल गरिने आयोजक ‘चाइना सेन्टर फर इन्टरनेसनल एक्सजेन्ज’ ले बताएको छ। सम्मेलनमा विश्वव्यापीकरण, दिगो विकास, बेल्ट एन्ड रोड पहलकदमी र क्षेत्रीय एवम् विश्वव्यापी सुरक्षालगायतका विषयमा छलफल…
चितवनः चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका वडा नं ११ मा मतदान सुरु भएको छ। आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । उम्मेदवारको मृत्यु भएपछि मतदान रोकिएकाले आज मतदान भएको हो । उनको सट्टामा…
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नं १ को वडा वडाअध्यक्षमा नेपाली कांग्रेसका सविन न्यौपाने एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरेका थिए। न्यौपाने हेटौंडाबाट प्रकाशित हुने ‘साझा कुरा’ दैनिकका सम्पादकसमेत हुन्। रासस
ललितपुरः ललितपुरको गोदावरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसको समूह विजयी भएको छ। अन्तिम मत परिणामअनुसार कांग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन्। त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसको समूह विजयी भएको छ । कांग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका…
भक्तपुरः भक्तपुर नगरपालिकाको वडा नम्बर एकमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार एवं भलिबलका राष्ट्रिय रेफ्री श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भएको छ। खत्री एक हजार ३७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए। महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद…
काभ्रेः काभ्रेको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता रहेको छ। बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी भएको छ। त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ। त्यस्तै, पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ। बनेपा नगरको मतगणनाअनुसार नेकपा एमालेले नेपाली कांग्रेसलाई पछि पार्दै १,१२८…