PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ललितपुरको एक नगर र एक गाउँपालिकाको वडामा कांग्रेस विजयी



रासस

ललितपुरको एक नगर र एक गाउँपालिकाको वडामा कांग्रेस विजयी

ललितपुरः ललितपुरको गोदावरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसको समूह विजयी भएको छ। 

अन्तिम मत परिणामअनुसार कांग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन्। 

त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसको समूह विजयी भएको छ । कांग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम तिमिल्सिनाले ३१८ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, वाग्मती गाउँपालिका–२ मा पनि कांग्रेसकै समूह विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका विजय लोले ४८५ मत गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर भुलुनले २९६ मत प्राप्त गरेका छन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell