PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

काभ्रेको पनौती ४ र ५ मा एमाले विजयी



रासस

काभ्रेको पनौती ४ र ५ मा एमाले विजयी

काभ्रेः काभ्रेको पनौती नगरपालिका– ४ र ५ मा नेकपा एमाले विजयी भएको छ । 
नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी भएका छन् ।

 त्यस्तै वडा नम्बर ५ को वडाध्यक्षमा एमालेकै श्रीधर पाध्य कुँइकेल ७९५ मत ल्याई विजयी भएका छन्।
त्यस्तै, पनौती– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुधीर सापकोटा ४६७ मत ल्याई विजयी भएका छन् ।

पाँचखाल नगरपालिका– ७ को वडाध्यक्षमा एमालेका कृष्ण ढकाल ४१२ मत ल्याई विजयी भएका छन्। 

यसैगरी मण्डन देउपुर नगरपालिका– ३ को वडाध्यक्षमा एमालेका दिलबहादुर तामाङ ६५१ मत ल्याई विजयी भएका छन् ।
वडा नम्बर ४ को वडाध्यक्षमा एमालेकै भुवनप्रसाद बजगाईं ५३० मत ल्याई विजयी भएका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell