
काठमाडौंः कीर्तिपुर नगरपालिकाको वडा नं ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
वडा अध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल श्रेष्ठले ६९९ मत प्राप्त गरेका छन् । त्यसैगरी, विजयी सदस्यमा मिलन महर्जन, ज्ञानप्रसाद महर्जन, नन्ददेवी महर्जन र रुकु विश्वकर्मा छन्।
पछिल्लो मत परिणामअनुसार नगरपालिका प्रमुख पदका उम्मेदवार एमालेका रमेश महर्जन दुई हजार ४७५ मतका साथ अग्रस्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी दुई हजार ३६५ मतका साथ दोस्रो स्थानमा छन् ।
उपप्रमुख पदमा एमालेका उम्मेदवार सरस्वती खड्का दुई हजार ३४० मतका साथ पहिलो स्थानमा र कांग्रेसका विमला विष्ट दुई हजार सत्तरी मतका साथ दोस्रो स्थानमा छन् । रासस