PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

भक्तपुर नगरपालिका–३ मा नेमकिपा विजयी



रासस

भक्तपुर नगरपालिका–३ मा नेमकिपा विजयी

नगरकोटः भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित विजय हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी भएका हुन्। 

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत ल्याएका छन् भने एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गरेका छन् । 

महिला सदस्य सुनिता प्रजापति, सदस्यमा कृष्णगोपाल चगुठी र राजकुमार शिल्पकार विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell