PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

बेनीको नगरप्रमुखमा कांग्रेसका हरिकुमार श्रेष्ठ विजयी



रासस

बेनीको नगरप्रमुखमा कांग्रेसका हरिकुमार श्रेष्ठ विजयी

म्याग्दीः  म्याग्दीको बेनी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठ पाँच हजार ६७९ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरी राप्रपाकी सञ्जु बरुवाल विजयी भएकी छन् ।
१८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो । नगरका १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। 

एमालेका टेकबहादुर रावल वडा नं १ मा, हिराबहादुर थापा वडा नं २, गोविन्द पौडेल वडा नं ४, लक्ष्मण बानिया वडा नं ५ मा, कृष्णबहादुर बानिया वडा नं ६ मा, राजेन्द्र श्रेष्ठ वडा नं ७ मा, रामकृष्ण बराइली–८ मा, बेलबहादुर चोखाल ९ मा निर्वाचित भएका छन्। १० मा कांग्रेसका रिम रोका र ३ मा स्वतन्त्र उमेदवार पदम पुन वडा अध्यक्षमा निर्वाचित भएक छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell