
काभ्रेः काभ्रेको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता रहेको छ। बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी भएको छ।
त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ। त्यस्तै, पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ। बनेपा नगरको मतगणनाअनुसार नेकपा एमालेले नेपाली कांग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर १ मा कृष्णप्रसाद दाहाल विजयी भएका छन् भने वडा नम्बर २ मा ११३६ मतले श्यामसुन्दर श्रेष्ठ विजयी भएका छन्।
त्यसैगरी, मण्डन नगरपालिका–१ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेको विजयी समूहमा वडाध्यक्षमा लक्ष्मण बस्ताकोटी ६६० मतले कांग्रेसलाई पछि पार्दै विजयी भएका छन्।
त्यस्तै, दलित महिला सदस्यमा सानीकान्छी दमाईंले ६४७ मत पाएकी छन्। महिला सदस्यमा अञ्जली तामाङले ६४७, सदस्य नम्बर १ मा टोकबहादुर तामाङले ६४१ र सदस्य नम्बर २ मा रामप्रसाद दाहालले ६१७ मत प्राप्त गरी पूरै समूह विजयी भएको हो।
पाँचखाल वडा नं १ को वडाध्यक्षमा अष्टबहादुर तामाङले ५०७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी, दलित महिला सदस्यमा माओवादीमा कान्छी दमाईंबाहेक अन्य सदस्यमा एमाले नै विजयी छ।
बनेपा नपाको वडा नम्बर १ र २ मा भने वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा १ नम्बरमा पीताम्बर दुलालले ५१३ र २ बाट हरिशरण घिमिरेले ४५७ मत ल्याएर विजयी भएका छन्। रासस