PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

नवलपरासीको बुलिङटारमा कांग्रेस विजयी



रासस

नवलपरासीको बुलिङटारमा कांग्रेस विजयी

नवलपरासीः नवलपरासीको बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई कांग्रेसका शशीकरण बस्ताकोटी विजयी भएका छन् ।
एनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी मैना विक चार हजार ६५३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गरिन् । 

यसअघि जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस विजयी भइससेको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनवटा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेस विजयी भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell