PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बेइजिङमा विश्वका प्रबुद्ध व्यक्तिहरुको सम्मेलन सुरु



रासस

बेइजिङमा विश्वका प्रबुद्ध व्यक्तिहरुको सम्मेलन सुरु

बेइजिङः विश्वका प्रबुद्ध व्यक्तिहरुको सम्मेलन (फिफ्थ थिङ्क टाङ्क समिट) सोमबार बेइजिङमा सुरु भएको छ। 

छलफलका लागि चीन र विश्वका अन्य मुलुकका गरी १०० भन्दा बढी विज्ञहरुको सहभागिता रहने सम्मेलनमा दिगो विकासका लागि विश्वको भूमिकाबारे छलफल गरिने आयोजक ‘चाइना सेन्टर फर इन्टरनेसनल एक्सजेन्ज’ ले बताएको छ। 

सम्मेलनमा विश्वव्यापीकरण, दिगो विकास, बेल्ट एन्ड रोड पहलकदमी र क्षेत्रीय एवम् विश्वव्यापी सुरक्षालगायतका विषयमा छलफल गरिने आयोजकले बताएको छ। 

विश्वभरीका अनुसन्धानकर्ता नयाँ परिवेशमा विश्वव्यापी समस्याको अध्ययनमा थप ध्यानपूर्वक अघि बढ्नुपर्ने, विश्वभर असल शासन र सुधारका कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नियममा आवश्यक परिवर्तन गरिनुपर्नेलगायतका कुरामा जोड दिइने ‘नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’ का उपप्रमुख चेन युयानले बताए। 

उक्त अवसरमा चेनले बेल्ट एन्ड रोड इनिसिएटिभ र विश्वका नयाँ चुनौतीका विषयमा विश्वका विद्वानहरुको सहभागिताका लागि अनुरोध गरे । 
उक्त अवसरमा सहभागीले विश्वव्यापीकरण विकसित सामाजिक उत्पादकत्वका लागि आवश्यक सर्त भएको र वैज्ञानिक र प्राविधिक प्रगतिबारे प्राकृतिक परिणाम भएको बताएका आयोजकले बताएको छ। 

उनीहरुले विश्वको आर्थिक सुधार जटिल भएको तर यसको समाधान विश्वका कुनै समस्यालाई देखाएर पन्छिन नहुने बताए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell