
रसुवाः रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी भएका छन् ।
तामाङ ९६४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गरिन्।रासस