PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

चितवनको कालिका–११ मा मतदान सुरु



रासस

चितवनको कालिका–११ मा मतदान सुरु

चितवनः चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका वडा नं ११ मा मतदान सुरु भएको छ। 

आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । 

उम्मेदवारको मृत्यु भएपछि मतदान रोकिएकाले आज मतदान भएको हो । उनको सट्टामा माओवादी केन्द्रले वडा सदस्यमा सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ। 

सो वडामा नेपाली कांग्रेसबाट अध्यक्षमा दानबहादुर प्रजासहित चारजना, नेकपा एमालेबाट वडा अध्यक्षमा कृष्णबहादुर प्रजासहित चारजना तथा माओवादी केन्द्रबाट अध्यक्षमा गयासिंह चेपाङसहित चारजनाले उम्मेदवारी दिएका छन्। 

यस्तै, राप्रपाबाट वडाध्यक्षमा कृष्णजङ्ग तामाङ र नयाँ शक्तिबाट जीतबहादुर प्रजाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell