
जुम्लाः जुम्लाको तातोपानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नवराज न्यौपाने र उपाध्यक्षमा गङ्गादेवी उपाध्याय विजयी भएका हुन्।
न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरे ।
उपाध्याय एक हजार ९६२ मत ल्याई उपाध्यक्षमा विजयी भएकी हुन्।
कनकासुन्दरी र पातारसीमा कांग्रेस विजयी
यसैगरी कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नरवीर रावत र उपाध्यक्षमा कांग्रेसकै उर्मिला भण्डारी विजयी भएका छन् ।
रावतले दुई हजार ११३ मत गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजजङ्ग हमालले एक हजार ८४४ मत प्राप्त गरे । उपाध्यक्षमा भण्डारीले एक हजार ९४१ मत ल्याई विजयी भए।
त्यसैगरी पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्षिमन बोहोरा र उपाध्यक्षमा सोही पार्टीका पुन्नकली महतारा विजयी भइन्।
तिलामा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी
तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जङ्गबहादुर बस्नेतले एक हजार ७४४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु बुढा एक हजार ७७४ मत ल्याई विजयी भए ।
अहिलेसम्म जुम्लामा मतपरिणाम सार्वजनिक भएका सात स्थानीय तहमा अध्यक्ष पदमा कांग्रेस र माओवादी केन्द्र तीन÷तीन वटामा तथा एमाले एउटामा विजयी भएको छ भने उपाध्यक्ष पदमा माओवादी केन्द्र चार, कांग्रेस दुई र एमाले एउटामा विजयी भएको छ। रासस