PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

दुई करोड भारुसहित १५ जना पक्राउ



रासस

दुई करोड भारुसहित १५ जना पक्राउ

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । 

ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको ५०० र एक हजार दरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा कमला भण्डारी, दिलीपकुमार लाल, मेघबहादुर थापा, सानुराजा रञ्जित, राजकुमार गिरी, अङ्कुर अग्रवाल, दिनेश अग्रवाल, अनिलकुमार पन्साली, सुरेन्द्रकुमार साङ्घाई, सञ्जयकुमार चौधरी, नवराज गुरुङ, पृथ्वी शाह, अमी रुद्दीन, मजेन लामा र पूर्णबासी गुप्ता रहेका छन् । 

उनीहरुले झोलामा लुकाएर सेन्ट्रो कारमा ल्याउँदै गर्दा प्रहरीले फेला पारेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ । रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell