PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सिन्धुलीको फिकलमा एमाले विजयी



रासस

सिन्धुलीको फिकलमा एमाले विजयी

सिन्धुलीः सिन्धुलीको फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम कार्की तीन हजार १२६ मत ल्याई विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार तीन हजार २१४ मत प्राप्त गरी विजयी भइन्।

त्यस्तै, फिकल गाउँपालिकाका ६ वटा वडामध्ये दुईवटा वडाध्यक्षमा नेपाली कांग्रेस र चारवटा वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं– १ को वडाध्यक्षमा कांग्रेसका चेतबहादुर विश्वकर्माले ६०० मत तथा वडा नं–६ को वडाध्यक्षमा कांग्रेसकै खड्ग नेपाली ५३० मत ल्याई विजयी भएका छन्। 

त्यस्तै, वडा नं २, ३, ४ र ५ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं २ को वडाध्यक्षमा शङ्कर भण्डारी ६७३, वडा नं ३ को वडाध्यक्षमा टेकबहादुर रजनमगर ६४७, वडा नं ४ को वडाध्यक्षमा गोपालबहादुर मगर ६६९ तथा वडा नं ५ को वडाध्यक्षमा राजु बराल ५७४ मत ल्याई विजयी भएका छन्। 

सिन्धुलीका ९ वटा स्थानीइ तहमध्ये पाँच गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । कमलामाई, दुधौली, तीनपाटन नगरपालिका तथा सुनकोसी गाउँपालिकाको मतगणना चलिरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell