ललितपुरः ललितपुरको महाँकाल गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको हो।
त्यसैगरी, गोदावरी नगरपालिका–१ को वडा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिएका छन्। रासस