PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

साइबर आक्रमणबाट दुई लाख कम्प्युटर प्रयोगकर्ता पीडित



रासस

साइबर आक्रमणबाट दुई लाख कम्प्युटर प्रयोगकर्ता पीडित
फोटो श्रोतःhttp://metro.co.uk

लन्डनः युरोपोलका कार्यकारी निर्देशक रब बेनराइटले विश्वका करिब १५० भन्दा बढी राष्ट्रमा भएको साइबर आक्रमणबाट विश्वभरका करिब दुई लाख कम्प्युटर ग्राहक पीडित बनेको बताएका छन्। 

युरोपियन युनियनको सुरक्षा निकाय युरोपोलका अनुसार माइक्रोसफ्टको सिस्टममा रहेको कमजोरीको फाइदा उठाई ‘ह्याकर’ले विश्वभरका कम्प्युटरमा आक्रमण गरेको र यसलाई पुनः सञ्चालन गर्न तीन सय अमेरिकी डलर माग गरेका छन्। 

अमेरिकी सुरक्षा नियकाले आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न विकास गरेको कम्प्युटर प्रोग्रामको प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

केही देशका कम्प्युटर प्रयोगकर्ताले आफ्ना फाइललाई पुनः सञ्चालन गर्न फिरौती रकम बुझाएका भएपनि अवस्था भयावह भएको युरोपोलले जनाएको छ। 

बेनराइटले साइबर अपराध नियन्त्रण गर्न संसारभर वार्षिक रुपमा करिब २०० कार्यक्रम सञ्चालनमा ल्याए पनि अपराध नियन्त्रणमा अपेक्षाकृत कमी आउन नसकेको बताए।
पछिल्लो तथ्याङ्कअनुसार १५० भन्दा बढी देशका दुई लाख कम्प्युटर प्रयोगकर्ता रहेका र यसमध्ये कैयौं व्यवसायिक र ठूला कम्पनीहरु परेको थाहा हुन आएको छ। 

साइबर आक्रमणको शिकार हुनबाट युरोपेली बैंकहरु भने सुरक्षित रहेको बताइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell