चरिकोटः दोलखाको जिरी नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएको छ । वडा नं १ को वडा अध्यक्षमा लाक्पा शेर्पा, खुला सदस्यहरुमा भक्तबहादुर खड्का, सन फिन्जु शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लीलामाया विक विजयी भएका छन्।
त्यसैगरी, जिरी नगरपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका ङिमापाल्दे शेर्पा, खुला सदस्यमा आङङिमा शेर्पा र पूर्णबहादुर खत्री, महिला सदस्यमा शान्ति कार्की र दलित महिला सदस्यमा निर्मला विक विजयी भएका छन्।
जिरी–३ मा एमालेको प्यानल नै विजयी भएको छ ।अध्यक्षमा नुर्वु शेर्पा, सदस्यमा मिङमर शेर्पा, युवराज बस्नेत, महिलामा मञ्जु कार्की खड्का र दलित महिला सदस्यमा किष्णमाया दमिनी विजयी भएका छन् ।
यसैगरी, जिरी नगरपालिका–४ मा पनि एमालेका प्यानल नै विजयी भएकोछ । अध्यक्षमा पदेमान जिरेल, सदस्यमा कृष्णबहादुर कार्की, शिवबहादुर कार्की, महिला सदस्यमा रश्मिला राई जिरेल विजयी भएका छन्।
त्यसैगरी जिरी नगरपालिका–५ को अध्यक्षमा माओवादी केन्द्रबाट अध्यक्ष ङिमा साङ्गे शेर्पा र अन्य सदस्यमा एमालेका नरबहादुर जिरेल, रामबहादुर जिरेल, महिला सदस्यमा चिनिमाया जिरेल शेर्पा र दलित महिला सदस्यमा देवकी विक विजयी भएका छन् ।
यसैगरी जिरी नगरपालिका–६ को अध्यक्षमा एमालेका गोपाल कार्की, सदस्यमा प्रकाश जिरेल, लीलाबहादुर जिरेल, महिला सदस्यमा मनमाया र दलित महिला सदस्यमा तारादेवी विश्वकर्मा विजयी भएका छन्। भीमेश्वर नगरपालिका–१ मा एमालेका प्यानल नै विजयी भएको छ । जसको अध्यक्षमा वीरबहादुर थामी, सदस्यमा तिलकबहादुर थामी, मुरारीराज सिवाकोटी, महिला सदस्यमा गौरी थामी र दलित महिला सदस्यमा कल्पना खाती विजयी भएका छन् ।
कालिञ्चोक गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । जसको अध्यक्षमा बाबुलाल थामी, सदस्यमा अकलबहादुर तामाङ, डम्बरबहादुर तामाङ, महिला सदस्यमा करुणा थामी र दलित महिला सदस्यमा फुलमाया विक विजयी भएका छन् । कालिन्चोक–२ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका नानी पाण्डे विजयी भएका हुन्।
विगु गाउँपालिका–१ ,२ र ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । जसमा वडा नं १ को अध्यक्षमा हिरन्डेबहादुर गुरुङ, सदस्यमा जितवीर तामाङ, रामबहादुर तामाङ, महिला सदस्यमा माया तामाङ र दलित महिला सदस्यमा बाटुली कामी विजयी भएका छन् भने वडा नं २ को वडाध्यक्षमा कृष्ण ठकुरी, सदस्यमा डिलबहादुर तामाङ, मुक्तिराम तामाङ, महिला सदस्यमा लुङमाया तामाङ र दलित महिला सदस्यमा, टलमाया कामी विजयी भएका छन्। ३ नं वडामा श्रीराम खड्का विजयी भएका छन् ।
त्यसैगरी, गौरीशङ्कर गाउँपालिका–१ मा एमालेका प्यानल नै विजयी भएको छ । जसको वडाध्यक्षमा झलककुमार कार्की, सदस्यमा गोरे तामाङ, पूर्णबहादुर जिरेल, महिला सदस्यमा पेमा जिरेल र दलित महिला सदस्यमा लीलामाया सार्की विजयी भएका छन् ।
त्यसैगरी, वैत्यश्वर गाउँपालिका–८ पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवारहरु विजयी भएका छन् । जसमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा रमेशकुमार अधिकारी, नेपाली कांग्रेसकातर्फबाट खुला सदस्यमा डिल्लीराज श्रेष्ठ, देवराज खत्री, महिला सदस्यमा माओवादी केन्द्रका तर्फबाट लाटीकान्छी बस्नेत र दलित महिला सदस्यमा नेपाली कांग्रेसकी रुद्रमाया दास विजयी भएका छन्।रासस