
म्याग्दीः म्याग्दीको मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली कांग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वुद्धिबहादुर पुनले २६४ र नेकपा माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन् ।
सो गाउँपालिकाको वडा सदस्यमासमेत कांग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका छन्। रासस