PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

इरानमा भूकम्प, दुर्इको मृत्यु, तीन सय भन्दा बढी घाइते 



रासस

इरानमा भूकम्प, दुर्इको मृत्यु, तीन सय भन्दा बढी घाइते 
फोटो श्रोतःusgs.gov

तेहरानः तुर्कमेनिस्तानको सीमा क्षेत्रमा रहेको इरानी इलाकामा आइतबार भूकम्प गएको छ।
 ५.७ म्याग्निच्युड मापन गरिएको भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ। 

भूकम्पमा परी अन्य सयौं व्यक्ति घाइते भएका राज्यद्वारा सञ्चिलित समाचार समितिले जानकारी दिएको छ। इरानको उत्तरी प्रान्त खोओरासनको बोज्नुर्द सहरमा ग्रिनविज समयानुसार शनिबार साँझ ६ बजे गएको भूकम्पमा परी दुई महिलाको मृत्यु भएको इजना समाचार समितिले जानकारी दिएको छ। 

भूकम्पमा परी ३७० जना भन्दाबढी घाइते भएका र भूकम्प प्रभावित क्षेत्रका ४० प्रतिशत भन्दाबढी घरहरु क्षतिग्रस्त भएको जनाइएको छ। 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यो भूकम्प ५.८ म्याग्निच्युडको मापन गरिएको छ। 

भूकम्पको केृन्द्रविन्दु तुर्कमेनिस्तानको सीमा क्षेत्रबाट ५० किलोमिटर टाढा रहेको क्षेत्रको १२.५ किलोमिटर गहिराईमा रहेको छ। 

गत अप्रिल ५ मा इरानको दोस्रो ठूलो सहर मसादमा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको थियो । 

इरानमा सन् २००३ मा दक्षिणपश्चिम प्रान्त केरम्यानको बाम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी ३१ हजारको मृत्यु भएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell