PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ट्रम्पको एफबीआईका पूर्व प्रमुखलाई चेतावनी ‘पदमा रहँदा भएका कुराकानी नचुहाउनू’



रासस

ट्रम्पको एफबीआईका पूर्व प्रमुखलाई चेतावनी ‘पदमा रहँदा भएका कुराकानी नचुहाउनू’

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निलम्वित प्रमुख जेम्स कोमीलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन चेतावनी दिएका छन्। 

शुक्रबार बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यम समक्ष नलान भनेका छन्। ट्रम्पले निलम्वनमा परेका एफबीआई प्रमुख कोमीलाई पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन आग्रह गरेका हुन्। 

कोमीलाई निलम्वन गरेकोमा आएका आलोचना र सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै ट्रम्पले सो ट्वीट लेखेका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व एफबीआई निर्देशक पदमा रहेका बेला आफ्नो निर्वाचन अभियानमा रसियाली प्रभाव रहेको भन्ने आरोपबारे एफबीआई अनुसन्धान आफूमाथि लक्षित रहेको छ वा छैन भन्ने विषयलाई सोधेको खुलासा गरेका छन्। कोमीलाई यसै हप्ता पदबाट बर्खास्त गरिएको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell