PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

भाइको हत्या गर्ने पक्राउ



रासस

भाइको हत्या गर्ने पक्राउ

भक्तपुरः आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका भक्तपुरको मध्यपुरथिमी नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ। 

फुपूका छोरा सरोज सुवेदीलाई कोइरालाले आइतबार बिहान कोठामै गएर खुकुरी प्रहार गरी फरार भएका थिए।

खुकुरी प्रहार गरी मोटरसाइकलमा पोखरा गइरहेका बेला कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको हो।

खुकुरी प्रहारबाट घाइते भएका एसबिआई बैंक लैनचौरका प्रबन्धक सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।  
श्रीमती, छोराछोरी र काम गर्ने महिला भएकै बेला एकाबिहानै आएका कोइरालाले कोठामा बसिरहेका सुवेदीमाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell